काठमाण्डौ । नबिल बैंक लिमिटेडले बैंकको वेबसाइटमार्फत ‘नबिल आई–कार्ड’का लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ। ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै यस्तो सुविधा ल्याइएको बैंकले जनाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा आफ्ना ग्राहकको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवं सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुबिधा ल्याएको हो। यो सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकले आफैँ बैंकको वेबसाइटमा ‘नबिल आई–कार्ड’ सेक्सनमा (https://nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard) गई ‘अप्लाई नाउ’ विकल्प छानी नबिल आई–कार्डका लागि निवेदन दिई आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन्।
‘यो कार्डसम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन्, जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्दछन्’, बैंकले भनेको छ, ‘थप जानकारीका लागि ग्राहकले बैंकको ग्राहक सेवा केन्द्रमा (०१–५९७००१५) सम्पर्क गर्न सक्नेछन्।’