काठमाण्डौ । बीमा समितिले थप नयाँ कुनै पनि बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी नगरिएको जनाएको छ । विभिन्न अनलाइन तथा पत्रपत्रिकामहरुमा बीमा समितिले थप जीवन बीमा, निर्जीवन बीमा तथा लघुविमा कम्पनीहरुलाई लाइसेन्स दिने तायरी गरिहहेको भन्ने समाचारहरुलाई खण्डन गर्दै समितिले यस्तो गर्न नलागिएको स्पष्ट पारेको हो ।
यसरी प्रकाशित समाचारहरु असत्य, भ्रामक र कपलोकल्पित भएको र समितिलाई विवादमा पार्ने मनसायले प्रेरित रहेको समितिले एक सूचना जारी गर्दै जनाएको छ ।
बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलद्वारा जारी उक्त सूचनामा यस्ता भ्रामक र विवादित समाचारहरु प्रकाशित नगर्न आग्रह गरिएको छ ।
उक्त सूचनामा कुनै पनि नया जीवन बीमा, निर्जीवन बीमा तथा लघुविमा कम्पनीहरुलाई इजाजत दिने निर्णय नगरिएको र यस सम्बन्धमा कुनै पनि काम कारवाहि समेत नगरेको स्पष्ट पारिएको छ ।