नागरिक लगानी कोषको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

2021-02-01
नागरिक लगानी कोषको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। सीआईटीले गत पुस २८ गतेदेखि निष्कासन गरेको ८२.८४ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो। 

कम्पनीले गत पुस १३ गतेसम्म कायम सेयरधनीहरुका लागि १ सेयर बराबर ०.८२८४ सेयर(१ः०.८२८४) को अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको थियो। 

गत पुस १३ गतेसम्म कायम इच्छुक सेयरधनीहरुले हकप्रद खरिदका लागि आरविवि मर्चेन्ट बैंकिङ टेकु काठमाण्डौ, राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, विरगञ्ज–आर्दशनगर, जनकपुर–भानुचोक, भरतपुर–पुलचोक, बनेपा, बाग्लुङ–धौलागरी चोक, बुटबल–ट्राफीकचोक, नेपालगञ्ज–धम्बोजी, विरेन्द्रनगर–तल्लोबजार, धनगढी–चौराहा हेटौडा–मेनरोड, विर्तामोड–अदुवाखोला, काठमाण्डौ–बोनश्वर र दरबारमार्ग, नागरिक लगानी कोष नयाँ बानेश्वर तथा शाखा कार्यालयहरु–मोरङ विराटनगर र कास्की पोखरामा दरखास्त आवेदन बुझाउने सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु मार्फत पनि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिनु पर्नेछ। 

यो हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।   

 


Share this with your friends: