नाडेप लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2021-04-30
नाडेप लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

 काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी जेठ ७ गते शुक्रबारका दिन काठमाण्डौ नार्गाजुनमा रहेको रानीवन पार्टी प्यालेस रेष्टुरेन्टमा भर्चुअल माध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थाको सेयर संरचना ७०ः३० लाई परिवर्तन गरी ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै संस्थामा गाभ्ने÷गाभिने वा प्राप्तिका लागि उपयुक्त प्रस्ताव आएमा सो कार्यका सम्पूर्ण प्रक्रियाका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६/७७ सम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

 


Share this with your friends: