काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्ष पदमा सुरेन्द्रराज वाग्ले नियुक्त भएका छन्।
बैंकको गत मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार वाग्लेलाई रिक्त रहेको बैंकको अध्यक्ष पदमा नियुक्त गरिएको हो।
यसअघि बैंकका अध्यक्ष चन्द्रमान मलेकुले साउन २५ गते आफ्नो व्यक्तिगत कारण देखाई राजिनामा मागेपछि बैंकको अध्यक्ष पद रिक्त थियो। मलेकुको राजिनामा बैंकको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो।