काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आज( पुस ७ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद निष्कासनका लागि बैंकले मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने घोषणा गरेको छ । यसर्थ मंसिर २३ गतेसम्म कायम सेयरधनीहहरु मात्रै हकप्रदका लागि योग्य हुनेछन् । हकप्रद निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासन आगामी पुस २७ गते बन्द हुनेछ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाण्डौ तथा नारायणी डेभलपमेन्ट बैंक केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरु रत्ननगर टाडीँ, वी पी।के।ए।क क्यान्सर हस्पिटल भरतपुर, भरतपुर शाखा भरतपुर र हाकिमचोक चितवन र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत मंसिर ३ गते हकप्रद निष्कासनका लागि अनुमति पाएको थियो ।