काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको छ । बैकको सञ्चालक समितिको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको हकप्रद सेयर खरिदका लागि आगामी माघ १२ गतेसम्म आवेदन दिन सकिने निर्णय गरेको हो ।
बैंकले मंसिर २३ गतेसम्म कायम सेयरधनीहरुका लागि गत पुस ७ गतेदेखि २७ गतेसम्मका लागि विद्यमान चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
हकप्रद निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासन आगामी पुस २७ गते बन्द हुनेछ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाण्डौ तथा नारायणी डेभलपमेन्ट बैंक केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरु रत्ननगर टाडीँ, वी पी।के।ए।क क्यान्सर हस्पिटल भरतपुर, भरतपुर शाखा भरतपुर र हाकिमचोक चितवन र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत मंसिर ३ गते हकप्रद निष्कासनका लागि अनुमति पाएको थियो ।