नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

2022-01-26
नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज(माघ १२ गते)अन्तिम दिन रहेको छ । बैंकले गत पुस ७ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले विद्यमान चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु।१०० अंकित दरका १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

हकप्रद निष्कासनका लागि बैंकले मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने गरेकाले मंसिर २३ गतेसम्म कायम सेयरधनीहरु मात्रै हकप्रदका लागि योग्य हुनेछन् । हकप्रद निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाण्डौ तथा नारायणी डेभलपमेन्ट बैंक केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरु रत्ननगर टाडीँ, वी पी।के।ए।क क्यान्सर हस्पिटल भरतपुर, भरतपुर शाखा भरतपुर र हाकिमचोक चितवन र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।   

बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत मंसिर ३ गते हकप्रद निष्कासनका लागि अनुमति पाएको थियो । 


Share this with your friends: