नारायणी डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँड

2022-04-18
नारायणी डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँड

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । बैंकले लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको १ लाख ३१ हजार ९९८ कित्ता अवितरित हकप्रद सेयर चैत २५ गते बाँडफाँड गरेको हो । 

बैंकले आवेदन नपरेको संस्थापक समूहतर्फको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहतर्फको १३ हजार ६६१ कित्ता हकप्रद सेयर गत चैत १० गतेदेखि १७ गतेसम्म लिलामीमा राखेको थियो । 

बाँडफाँडमा नपरेको सेयर बापतको रकम वैशाख ५ गतेदेखि आवेदकहरुको बैंक खातामा जम्मा गरिने बैंकले जनाएको छ ।   


Share this with your friends: