नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

2021-02-15
नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत पुस २८ गतेसम्म कायम सेयरधनीहरुका लागि आज(माघ १३ गते) देखि हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो।

बैंकले एक बराबर एक(१ः१) को अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो।

हकप्रद सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले आज(फागुन ०३ गते) बैंकिङ समयसम्म आवेदन दिनु पर्नेछ।लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल काठमाण्डौ, नारायणी डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यालय तथा शाखा कार्यालयहरु रत्ननगर टाँडी चितवन वि।पी।के।एम क्यान्सर हस्पिटल भरतपूर चितवन र भरतपुर हस्पिटल कम्पाउण्ड भरपुर चितवनबाट हकप्रद सेयर खरिदका लागि दरखास्त फारम लिई दरखास्त रकम बुझाउन सक्नेछन्।यस्तै सि–आश्वाको सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आश्वा प्रणाली मार्फत समेत हकप्रद भर्न सक्नेछन्। 

यो हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

 


Share this with your friends: