नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड

2021-03-01
नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले फागुन १४ गते बाँडफाँड गरेको हो। 

कम्पनीले गत माघ १३ गतेदेखि एक बराबर एक(१ः१) को अनुपातमा प्रति सेयर अंकित मूल्य रु.१०० दरका ६ लाख ५३ हजार १६९ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। क्यापिटलले कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका ८३२ जना सेयरधनीहरुलाई ६ लाख ३२ हजार ४३० कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो। 

आफ्नो कायम हकभन्दा बढी सेयर माग गरि दरखास्त दिएका आवेदकहरुको हकमा बाँडफाँड नपरेका हकप्रद सेयर बापतको रकम फागुन १८ गतेदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने बैंकले जनाएको छ। यसका साथै बैंकले आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गर्न समेत सूचित गरेको छ। 

 


Share this with your friends: