काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। बैंकले गत माघ १३ गतेदेखि फागुन ०३ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको २२ हजार ५५७ कित्ता सेयर लिलामीमा राख्न लागेको हो।
लिलामीमा राख्न लागिएको कुल कित्तामध्ये १५ हजार ९७४ कित्ता संस्थापक समूहतर्फको र ६ हजार ५८३ कित्ता(२ः१ को अनुपामतमा हकप्रद सेयर निष्कासन गर्दा बाँकी रहेको ११६ कित्ता सेयर समेत) सर्वसाधारण समूहतर्फ रहेका छन्। लगानीकर्ताले आउँदो चैत ०३ गतेदेखि आवेदन दिन सक्नेछन्।
सेयरको न्यूनतम प्रति सेयरमूल्य १०० रुपैयाँ तोकिएको हुँदा लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालय र ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु विर्तामोड,विराटनगर, जनकपुर, वीरगंज,हेटौडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगंज, सुर्खेत दाङ, धनगढी र महेन्द्रनगरमा चैत १० गते बैंकिङ समयभित्र बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।