काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले सतप्रतिशत हकप्रद सेयर निष्कासनको माग गर्दै असार ४ गते बोर्डमा आवेदन दिएको हो ।
बैंकले १ः१(सतप्रतिशत)अनुपात अर्थात रु.१०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन हकप्रद सेयर निष्कासनको माग गरेको हो ।
बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
यसअघि बैंकको १ः२ अनुपातको हकप्रद निष्कासनको प्रस्तावलाई राष्ट्र बैंकले अस्विकृति गरेको थियो । राष्ट्र बैंकले जेठ २० गते पत्र पठाउँदै नारायणी डेभलपमेन्ट बैंकले माग गरेको १ः२ अनुपातको हकप्रद निष्कासनको अनुमतिलाई कटौति गर्दै १ः१ अनुपातमा मात्रै हकप्रद निष्कासन अनुमति दिएको थियो।
बैंकले गत वर्ष माघ १३ गतेदेखि फागुन ३ गतेसम्म सतप्रतिशत हकप्रद निष्कासन गरेको थियो।