काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट सतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई आज(मंसिर ३ गते) १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद अर्थात अर्थात कायम चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँको १ः१(एक बराबर एक) हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।
बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ। बैंकले सतप्रतिशत हकप्रद सेयर निष्कासनको माग गर्दै गत असार ४ गते बोर्डमा आवेदन दिएको थियो ।
यसअघि बैंकको १ः२ अनुपातको हकप्रद निष्कासनको प्रस्तावलाई राष्ट्र बैंकले अस्विकृति गरेको थियो । राष्ट्र बैंकले जेठ २० गते पत्र पठाउँदै नारायणी डेभलपमेन्ट बैंकले माग गरेको १ः२ अनुपातको हकप्रद निष्कासनको अनुमतिलाई कटौति गर्दै १ः१ अनुपातमा मात्रै हकप्रद निष्कासन अनुमति दिएको थियो।
बैंकले गत वर्ष माघ १३ गतेदेखि फागुन ३ गतेसम्म सतप्रतिशत हकप्रद निष्कासन गरेको थियो।