निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज स्थापनाको तयारीः अध्यक्ष ढुंगाना

2021-06-08
निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज स्थापनाको तयारीः अध्यक्ष ढुंगाना

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष भिष्मराज ढुंगानाले निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज स्थापनाको तयारीमा भईरहेको बताएका छन् । 

आज आयोजित बोर्डको २९ औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले धितोपत्रको दोस्रो बजारलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको भन्दै यस्तो बताएका हुन् । निजी लगानीमा नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न अर्थ मन्त्रालय समेत सकारात्मक रहेको पनि उनले बताए ।

उनले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट छलफल गरी प्रतिवेदन अध्यनका लागि अर्थ मन्त्रालयमा पेस गरिएको बताए । 


Share this with your friends: