निफ्रा तेस्रो वर्षमा प्रवेश

2021-03-07
निफ्रा तेस्रो वर्षमा प्रवेश

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) विधिवत् सेवा सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। यो बैंकले २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो।

मुलुकको पूर्वाधारहरुका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको हो। २० अर्ब चुक्तापुँजीको यो बैंकमा संस्थापक समूहको १२ अर्ब र सर्वसाधारणको ८ अर्ब लगानी छ। बैंकले हालै सर्वसाधारणका लागि सेयर निष्कासन गरी चुक्तापुँजी २० अर्ब पुर्याइसकेको छ। 

यो बैंकमा नेपाल सरकारको १० प्रतिशत लगानी छ। ५० प्रतिशत निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरुको लगानी छ। बैंकमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकहरु र बिमा कम्पनीहरु समेतको लगानी छ।  

बैंकले स्वदेश र विदेशबाट स्रोतको व्यवस्था गरी पूर्वाधार परियोजनामा लगानी गर्छ। बैंकले आफ्नो अगुवाइ तथा सहअगुवाइमा जलविद्युत्, सिमेन्ट क्लिंकराइजेसन, सौर्य ऊर्जालगायत परियोजनाका लागि कर्जा स्वीकृत गरेको छ। 

 


Share this with your friends: