निफ्राबाट पनि आरटीजीएस प्रणाली सञ्चालन

2021-04-30
निफ्राबाट पनि आरटीजीएस प्रणाली सञ्चालन

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि.(निफ्रा)नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबारहरु संचालन गर्न थालेको छ । 

यसका निम्ति कनेन्ट आरटीजीएस प्रणालीमा निफ्रालार्ई एनएचसीएलले आवद्ध गराएको हो । नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तिय संस्थाहरुलेप्रयोग गर्दै आएको सो प्रणालीमा निफ्रा पनि जोडिएको हो । यस सँगै २ लाख भन्दामाथिका भुक्तानीहरु तत्काल गर्न सकिने हुँदायसले निफ्राको फन्ड म्यानेजमेन्ट सहज हुने अपेक्षा गरिएको छ ।

एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधाप्रदान गर्न कनेक्ट आरटीजीएस प्रणालीप्रदान गरेको हो जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली सँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिगे्रट गरिएको छ ।


Share this with your friends: