निरन्तर उकालो लाग्दै बजार, जीवन बीमा समूह उकालो लाग्दा निर्जीवनमा भने गिरावट

2021-02-08
निरन्तर उकालो लाग्दै बजार, जीवन बीमा समूह उकालो लाग्दा निर्जीवनमा भने गिरावट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा समूह उकालो लागेको छ भने निर्जीवन बीमा समूह भने ओरालो लागेको छ। आज जीवन बीमा समूहको उपसूचक २११.३७ अंकले बढ्दै १८८६१.३५ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा समूहको उपसूचक भने १३१.९२ अंकले ओरालो लाग्दै १३३९०.१२ को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने पनि कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक ३७.४८ अंकले बढ्दै २५६१.४७ बिन्दुको उचाईमा पुग्यो। यो दिन २०६ कम्पनीका २ करोड ११ हजार ५५५ कित्ता सेयर १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार ८६९ रुपैयाँमा कारोबार भयो। 

१२ वटा समूहमध्ये आज ५ वटा समूहमा गिरावट आयो भने अन्य सबै समूहमा बढोत्तरी आयो। बैंकिङ समूह ६२.७२ अंकले बढेको आज होटल २८.८६, विकास बैंक ८६.४२, वित्त २२.६८, अन्य ९.६९ र म्युचुअल फन्ड ०.१२ अंकले बढ्यो। 

आज व्यापार समूह ३.९६ घट्यो भने हाइड्रोपावर १९.७३, उत्पादन तथा प्रशोधन ७४.८९ र लघुवित्त ३१.४२ अंकले घट्यो। 

आज ग्रामिण विकास लघुवित्तको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। यो कम्पनीको सेयरमूल्य आज ९.९२ अंकले बढ्यो। त्यस्तै प्रभु बैंक ९.१७, सनराइज बैंक ८.४५, माछापुच्छ«े बैंक ८.३९ र छ्यांदी हाइड्रोपावरको सेयरमूल्य ७.७३ अंकले बढ्यो। 

आज सबैभन्दा धेरै गिरावट आउने कम्पनीको रुपमा हिमालयन उर्जा विकास कम्पनी रह्यो। कम्पनीको सेयरमूल्य ६.७८ प्रतिशतले घट्यो। यस्तै उन्नती सहकार्यको सेयरमूल्य ६.३७ प्रतिशत, स्वाभिमान लघुवित्त ५.४७, सिभिल लघुवित्त ५.११ र लक्ष्मी लघुवित्तको सेयरमूल्य ४.८२ प्रतिशतले घट्यो। 

यो दिन प्रभु बैंकको सर्वाधिक सेयर कारोबार भयो। बैंकको ६२ करोड १३ बढीको सेयर कारोबार भयो भने नेपाल लाइफ ३३ करोड ७९ लाख, नविल बैंक ३३ करोड ४४ लाख डिप्रोक्स लघुवित्त ३३ करोड १२ लाख र ग्लोबल आइएमई बैंकको २९ करोड ४२ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: