निरन्तर ओरालो लाग्दै बजार, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2021-07-07
निरन्तर ओरालो लाग्दै बजार, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १४४.७७ अंकले घट्दै १३८९५.७९ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि ७५.०८ अंकले घट्दै १६६८३.८६ बिन्दुमा झर्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । कम्पनीको सेयरमूल्य २.८८ प्रतिशतले घट्दै १०१० रुपैयाँमा सीमित भयो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक १६.९७ अंकले घट्दै २८०१.१३ अंकमा सीमित भयो । यो दिन बजारमा २२२ कम्पनीका १ करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा १३ वटा समूहमध्ये २ वटा समूहबाहेक अन्य सबै समूहमा गिरावट आयो । आज लघुवित्त समूह १९.१९ अंकले र विकास बैंक समूह ११.०६ अंकले बढ्यो । 

बैंकिङ समूह ३.७१ अंकले घटेको आज व्यापार समूह १२.९७, होटल एण्ड टुरिजम ७४.३४, हाइड्रो समूह ५९.२, वित्त ३२.९६, उत्पादन तथा प्रशोधन १३३.०८, अन्य १८.३१, म्युचुअल फन्ड ०.०१ र लगानी समूह ०.८५ अंकले घट्यो । 

आज सिभिल लघुवित्तको सेयरमूल्यमा सर्वाधिक उछाल आयो । संस्थाको सेयरमूल्य ३.१६ अंकले बढ्यो । 

आज अपर तामाकोशीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । कम्पनीको सेयरमूल्य ५.४५ प्रतिशतले घट्यो । यूनाइटेड इदी मदीको सेयरमूल्य ५.१९ र राधि विद्युत कम्पनीको सेयरमूल्य ३.७३ प्रतिशतले घट्यो । 

यो दिन छिमेक लघुवित्तको सर्वाधिक कारोबार भयो । यो संस्थाको आज ४३ करोड ५४ लाख बढीको सेयर कारोबार भयो । 


Share this with your friends: