निरन्तर बढ्दै बजार, यूनियन लाइफको सेयरमूल्यमा उछाल

2021-08-04
निरन्तर बढ्दै बजार, यूनियन लाइफको सेयरमूल्यमा उछाल

काठमाण्ठौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक ८२.९८ अंकले घट्दै १४७०८.४६ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि २.७५ अंकले घट्दै १८०८४.८९ बिन्दुमा झर्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज यूनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ४३८ रुपैयाँ कायम भयो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो । परिसूचक १२.१५ अंकले बढ्दै ३१२३.२४ बिन्दुको उचाईमा पुग्यो । यो दिन बजारमा २२५ कम्पनीका २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँमा किनबेच भयो । 

१३ वटा समूहमध्ये आज ६ वटा समूहमा मात्रै हरियाली छायो । आज हाइड्रो समूहमा सबैभन्दा धेरै वृद्धि भयो । यो समूह १९४.०७ अंकले बढ्यो । त्यस्तै बैंकिङ समूह ४.२९, विकास बैंक ६५.८५, वित्त ४५.०५, उत्पादन तथा प्रशोधन २७.८४ र लगानी समूह ०.३४ अंकले बढ्यो । 

आज सबैभन्दा धेरै गिरावट लघुवित्त समूहमा आयो । यो समूह १२६.३३ अंकले घटेको आज व्यापार ६०, होटल एण्ड टुरिजम ७.७७, अन्य २१.०१ र म्युचुअल फन्ड समूह ०.१२ अंकले घट्यो । 

आज ७ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । अपि पावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर, कालिका पावर कम्पनी, अपर तामाकोशी घलेम्दी हाइड्रोपावर र यूनियन लाइफको सेयरमूल्य १० प्रतिशतले बढ्यो । 

आज ङादी पावर गुप्रको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । कम्पनीको सेयरमूल्य ५.३८ प्रतिशतले घट्यो । 

यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७९ करोड ५० लाख बढीको सेयर कारोबार भयो भने अरुण भ्यालि हाइड्रोपावरको ५६ करोड ७२ लाख, सानिमा माई हाइड्रो ५० करोड ३४ लाख र अरुण काबेलीको ४१ करोड ५५ लाख बढीको सेयर कारोबार भयो । 

 


Share this with your friends: