काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४३१.९१ अंकले घट्दै ४३१.९१ बिन्दुले घट्दै १४४५३.१३ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३२५.५६ अंकले ओरालो लाग्दै ११३८३.०४ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै आज सबैभन्दा धेरै गुुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ६.२० प्रतिशतले घट्दै प्रतिकित्ता ५४५ रुपैयाँ कायम भयो। त्यस्तै युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ५.२३, प्रभु लाइफ ५.१६ र सानिमा लाइफको सेयरमूल्य ५.१४ प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको पहिरो आयो। परिसूचक ७०.०१ अंकले घट्दै २६१५.४० बिन्दुमा सीमित भयो। यो दिन बजारमा २१८ कम्पनीका १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता सेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँमा किनबेच भयो।
आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक ३६.०३ अंकले घटेको आज व्यापार उपसूचक ७९.३९, होटल एण्ड टुरिजम २४.३१, विकास बैंक १५४.४१, हाइड्रोपावर १३८.४५, वित्त १७५.५९, उत्पादन तथा प्रशोधन ८९.२३, अन्य ३१.१३, लघुवित्त १११.९९, म्युचुअल फन्ड ०.१७ र लगानी उपसूचक ३.५२ अंकले घट्यो।
आज मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ९.९९ र मेगा बैंकको सेयरमूल्य १.९७ प्रतिशतले बढ्यो।
आज हिमालयन पावर पार्टनर र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो। यसैगरी गोर्खाज फाइनान्स कम्पनीको सेयरमूल्य ९.९९, जोशी हाइड्रोपावर ९.८८, श्री इन्भेष्टमेन्ट ९.८२, शिवश्री हाइड्रो ९.१२ र समृद्धि फाइनान्स ९.०९ प्रतिशतले घट्यो।
यो दिन कुमारी बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज यो बैंकको १८ करोड ८२ लाख बढीको सेयर कारोबार भयो।