निरन्तर घट्दै बजार, बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2021-11-29
निरन्तर घट्दै बजार, बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ११७.०४ अंकले घट्दै १४०४१.८७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७६.६८ अंकले ओरालो लाग्दै ११६६५.८० बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य २.१३ प्रतिशतले बढ्दै प्रतिकित्ता ६७० रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनी पर्यो। आज सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ३.४९ प्रतिशतले घट्दै प्रतिकित्ता ८३० रुपैयाँ कायम भयो। यसैगरी सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्य ३ प्रतिशत र अजोड इन्स्योरेन्सको सेयरमूल्य २.५७ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक २१.४८ अंकले ओरालो लाग्दै २६३०.०१ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२८ कम्पनीका ८२ लाख २५ हजार ८२२ कित्ता सेयर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। आज हाईड्रो उपसूचक ०.२ र म्युचुअल फन्ड ०.०२ अंकले बढ्यो। 
बैंकिङ उपसूचक १०.८९ अंकले घटेको आज व्यापार ५.९४, होटल एण्ड टुरिजम ७३.३, विकास बैंक ६७.४४, वित्त ३२.६७, उत्पादन तथा प्रशोधन ६१.९५, अन्य ४१.१३, लघुवित्त ४०.८३ र लगानी ०.६४ प्रतिशतले घट्यो। 

आज न्यादी हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो। त्यस्तै सामलिंग पावर कम्पनीको ९.९८ र कालिका पावर कम्पनीको सेयरमूल्य ३.६७ प्रतिशतले बढ्यो। 

आज आईसीएफसी फाइनान्स कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो। यस्तै चन्द्रागिरी हिल्सको सेयरमूल्य ५.२०, महालक्ष्मी विकास बैंक ५ र मानुषी लघुवित्तको सेयरमूल्य ४.६८ प्रतिशतले घट्यो। 

यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक सेयर कारोबार भयो। बैंकको आज ६१ करोड ४ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: