काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरुको सुविधालाई मध्यनजर गर्दै निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले यो तालिम अनलाइन माध्यम जुम मार्फत आगामी असार २ गतेदेखि ४ गतेसम्म सञ्चालन गर्न लागेको हो।
यो तालिममा भाग लिन ईच्छुक व्यक्तिहरुले नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी९न्युनतम एसएलसी० हालै खिचिएको पासपोर्ट साइजको फोटो, स्थायी लेखा नम्बर, कम्पनीको नाममा रहेको सानिमा बैंकमा दस्तुर ५ सयको भोचरको प्रमाण पेश गरी इमेल पठाउनुपर्नेछ। निवेदन पठाउँदा इमेल तथा मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ।
ईच्छुक व्यक्तिले असार १ गतेभित्र कम्पनीको इ–मेल ठेगााना admin@iginepal.com मा निवेदन पेश गर्नुपर्नेछ। निवेदन कम्पनीको वेभसाइट– www.iginepal.com बाट प्राप्त गर्न सकिनेछ। अनलाइन तालिमको जुम आईटी/पासवर्ड एमेलमा जानकारी गराइने वा सम्बन्धित व्यक्तिको मोबाइलमा पठाइने कम्पनीले जनाएको छ।