काठमाण्डौ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २६ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यो रकम राष्ट्रिय बीमा कम्पनी बाहेकका १९ वटा कम्पनीहरुले आर्जन गरेका हुन ।
यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेको शीर्ष स्थानमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । कम्पनीले यो अवधिसम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी २ अर्ब २६ करोड रुपैयाँ आर्जन गर्दै सूचीको दोस्रो स्थानमा रहन सफल भएको छ ।
यस्तै तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले २ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सिदार्थ इन्स्योरेन्स सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेको चौथो स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको ११ महिनाको अवधिसम्ममा २ अर्ब २ करोड रुपैयाँ आर्जन गरेको छ । १ अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दै एनएलजी इन्स्योरेन्स पाचौँ स्थानमा रहेको छ ।
यसैगरी यो अवधिसम्ममा प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६० करोड, आइएमई जनरल १ अर्ब ३२ करोड, प्रभु इन्स्योरेन्स १ अर्ब २६करोड, हिमालयन जनरल इन्स्योरेन्स १ अर्ब २३ करोड, प्रुडेन्सियल इन्स्योरेन्स १ अर्ब १७ करोड, लम्बिनी जनरल १ अर्ब १५ करोड, अजोड इन्स्योरेन्स १ अर्ब १४ करोड र नेपाल इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका छन ।
जेठ मसान्तसम्ममा ओरियन्टल इन्स्योरेन्सले ९५ करोड, यूनाइटेड ९४ करोड, एभरेष्ट इन्स्योरेन्स ८९ करोड, नेशनल इन्स्योरेन्स ७९ करोड, जनरल इन्स्योरेन्स ५९ करोड र सानिमा जनरलले ५६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।