निर्धन उत्थान लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

2021-01-10
निर्धन उत्थान लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको गत पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्गिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६÷७७ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांस गरी कुल १३.६८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित कुल १३.६८ प्रतिशत लाभांसमा चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँको १३ प्रतिशतले हुन आउने १९ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.६८ प्रतिशतले हुन आउने १ करोड २ लाख ६३ हजार १५८ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। यसरी संस्थाले कुल १३.६८ प्रतिशतले हुन आउने २० करोड ५२ लाख ६३ हजार १५८ रुपैयाँ लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

 


Share this with your friends: