काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहतर्फको १ लाख कित्ता बढी सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले आगामी चैत १८ गतेदेखि १ लाख ८ हजार ५४२ कित्ता संस्थापक सेयर लिलामीमा राख्ने भएको हो।
सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ५५० रुपैयाँ तोकिएकाले लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ।
लगानीकर्ताले न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ र अधिकतममा सेयर संख्याका लागि कुनै हद तोकिएको छैन। लगानीकर्ताले २०७८ बैशाख २१ गतेसम्म बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लाजिम्पाटमा आईपुग्ने गरी बोलपत्र पेश गर्नु पर्नेछ।
विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई लिलामीको सूचना प्रकाशित गरी ३५ दिनको समय दिइएकाले संस्थापक सेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको संस्थाले जनाएको छ।