निर्धन उत्थान लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2021-07-14
निर्धन उत्थान लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको गत फागुन २५ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस सेयर गत फागुन १० गतेसम्म सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो। 

कम्पनीले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा भने उक्त बोनस सेयर अभौतिकीकरण गरे क्रमशः हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। यस्तै हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गरी आफ्नो बोनस सेयर हितग्राही खातामा नै प्राप्त गर्न संस्थाल ेआग्रह गरेको छ । 

यस्तै गत फागुन १० गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न अनुरोध गरिएको छ ।


Share this with your friends: