काठमाण्डौ । सरकारले थप गरेको निषेधाज्ञा अवधिभर उपत्यकामा रहेका सबै बीमा कम्पनीका कार्यालयहरु बन्द हुने भएका छन् । न्यूनतम जनशक्तिका साथ आलोपालोमा सेवा प्रवाह गर्दै आईरहेका उपत्यकाका सबै बीमा कम्पनीहरु थप गरिएको निषेधाज्ञा अवधिभर पूर्ण रुपले बन्द हुने भएका हुन् ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले मंगलबार(जेठ ११ गते) नयाँ आदेश जारी गर्दै यस्तो व्यवस्था गरेका हुन् ।
प्रशासनले जारी गरेको आदेशमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने उल्लेख गरिएका कारण उपत्याकाका सबै बीमा कार्यालयाहरु बन्द रहनेछन् ।