नेपालको सबैभन्दा ठूलो धागो उद्योगले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

2021-03-11
नेपालको सबैभन्दा ठूलो धागो उद्योगले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले बुक बिल्डिङ प्रक्रियाबाट १४ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। 

कम्पनीले आइएपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। 

सो सम्बन्धमा बुधबार रिलायन्स स्पिनिङ्ग मिल्स लिमीटेडको कर्पोरेट कार्यालयमा भएको एक कार्यक्रममा रिलायन्स स्पिनिङ्ग मिल्स लिमीटेड र क्यापीटल बीच शेयर निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमीटेडको मुख्य लगानीकर्ता रहेका कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यान समेतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा मिल्सको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

वि.सं. २०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भई सञ्चालनमा आएको नेपालको सबैभन्दा ठूलो स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधिमार्फत १४,६०,००० कित्ता शेयरमध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । ४,३०० भन्दा धेरैे जनालाई रोजगार दिन सफल रहेको यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ भने उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्र्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले उद्योगबाट उत्पादित वस्तुहरु विश्व बजार, त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्ने गरेको छ । 

 


Share this with your friends: