काठमाण्डौ । नेपालमा २७ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी गराउँदै आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा २७ प्रतिशत जनसंख्यामा मात्रै बीमाको पहुँच पुगेको बताएका हुन् ।
संसद समक्ष बोल्दै अर्थमन्त्री शर्माले जनसंख्याको ठूलो हिस्सा बीमा सेवाको पहुँचबाट बाहिर रहेको अवस्था रहेको जानकारी गराएका छन् ।
यस्तै उनले बीमा कम्पनीहरुले बीमा प्रिमियमबापत रु.१ खर्ब ५३ अर्ब परिचालन गरेको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ मा कुल बीमामा लघु बीमाको अनुपात ६ प्रतिशत रहेको छ ।
बीमा क्षेत्र तथा बीमा सेवाका उपकरणहरुमा प्रयाप्त विविधिकरण भईनसकेका कारण साना मझौला तथा घरेलु व्यवसायीहरुको संरक्षणका लागि लघु बीमा सेवा प्रदान गर्न नसकिएको अर्थमन्त्रीले जानकारी दिएका थिए ।