नेपाल लाइफ इन्स्योरेन्सले नेशनल मर्चेन्ट बैंकरको ५१% सेयर खरिद गर्ने

2021-08-29
नेपाल लाइफ इन्स्योरेन्सले नेशनल मर्चेन्ट बैंकरको ५१% सेयर खरिद गर्ने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकर लिमिटेडको ५१% संस्थापक सेयर खरिद गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेको छ। 

काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नविन बास्कोटाले सो समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। नेपाल लाइफले उक्त सेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पुँजी रु। ३० करोड हुनेछ।

कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुको उपस्थित थियो। 

कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले नेपाल लाइफ इस्योरेन्सले आफ्नो लगानी इन्भेस्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरे। 

नेशनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत नवीन बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजतहरु पनि लिएर एउटा भरोसापूर्ण एवं बलिया बैंकर कम्पनीको रुपमा काम गर्दै जाने बताए। 

कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा सवैको विश्वास जितेर उत्कृष्ठ ब्रान्ड रहन सफल भएको बताउँदै अब नेशनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पुँजीबजारमा सफल कम्पनीका रुपमा स्थापित गरिने बताए। 


Share this with your friends: