नेपाल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग बीमा दाबी भुक्तानी

2021-09-30
नेपाल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको कोटेश्वर शाखाले बीमित प्रविण गौलिलाई घातक रोग बीमा दाबीबापत ६ लाख रुपैयाँ प्रदान गरेको हो । 

बीमित गौलीले २०७७ पौष १५ गते ६ लाखरुपैयाँको जीवन बीमा सहित घातक रोग समेतको बीमा गरेका थिए । 

उनलाई मुटुमा समस्या देखा परेका कारण घातक रोग बीमा अन्तर्गत रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । 


Share this with your friends: