काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ३१ अर्ब ९६ करोड ९३ लाख ८९ हजार ४३१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १६.९३ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले २७ अर्ब ३४ करोड ३ लाख ७६ हजार ८३८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ७ अर्ब ७७ करोड ६० लाख ३ हजार ७३७ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा यो रकम ५ अर्ब ६५ करोड ३८ लाख ७५ हजार ३८२ रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ८ अर्ब ७८ करोड ४ लाख ८१ हजार २३४ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५ अर्ब ९७ करोड ४८ लाख १८ हजार ३४० रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले खुद नाफा बढाएको छ। चौथो त्रैमासको अन्त्यसम्म कम्पनी ५३ करोड ५९ लाख ४३ हजार ४२८ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १.०४९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ५३ करोड ३ लाख ९७ हजार ७०१ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।
कम्पनीको व्यवस्थापन खर्च २ अर्ब ४३ करोड ८९ लाख ५३ हजार ६४७ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च २ अर्ब ४८ करोड ५१ लाख ५३ हजार १९० रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर १ खर्ब १२ अर्ब ५१ करोड २९ लाख ३४ हजार १०० रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ११९.२९ प्रतिशतले बढी हो।
अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार ८७ अर्ब २ करोड ६० लाख ७ हजार ६०९ रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष ३ अर्ब ५० करोड ७७ लाख ३७ हजार ६५७ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर १ अर्ब १ करोड ६३ लाख ४६ हजार ३१३ रुपैयाँमा सीमित भएको छ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ७.४४ रुपैयाँ, पीई अनुपात २५७.८० गुणा, प्रतिसेयर नेटवर्थ १२२.३० र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७८४ रुपैयाँ रहेको छ ।