काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले कोरोना बाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुनेछ। कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो।
हाललाई काठमाण्डौ उपत्यकाभित्रका अस्पताल जानुपर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने चेम्बरले जनाएको छ। एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं। ०१–५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोबाइल नं। ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिनेछ।