काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी ( निप्स ) लुम्बिनि च्याप्टरले भैरहवाको भिम अस्पतालमा उपचार गरिरहेका बिरामीहरूलाई अक्सिजनको सिलिन्डर रिफिलका लागी सहयोग प्रदान गरेको छ । निप्स अन्तर्गत रुपन्देही जिल्लामा रहेका जीवन र निर्जिबन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले सयुक्त रुपमा ५० वटा सिलिन्डर रिफिलको लागी आर्थिक सहयोग गरेका हुन ।
निप्स लुम्बिनि च्याप्टरका अध्यक्ष किरण काफ्ले तथा कोषाध्यक्ष धुव्र प्रसाद कोइरालाले सयुक्त रुपमा अक्सिजन सिलिन्डर रिफिलका लागी अस्पतालका चिकित्सक डा.बद्रि बैदवारलाई ३० हजार रुपैयाको चेक हस्तान्तरण गरेका छन् ।
चेक ग्रहण गर्दै चिकित्सक डा बैदवारले कोभिड १९ माहामारीका विरुद्धको लडाईमा अक्सिजन रिफिलको लागी आर्थिक सहभागीताको माध्यमबाट एक्यवद्धता जनाएको भन्दै धन्यवााद ज्ञापन गरे । सो क्रममा निप्स लुम्बिनी च्यापटरका अध्यक्ष काफ्लेले निप्सको सामाजीक दायीत्वअन्तर्गत अक्सिजन रिफिलको लागी सहयोग गरेको बताए ।