काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडको सञ्चालक परिवर्तन गरिएको छ। बैंकको संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषका तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक परिवर्तन गरिएको हो।
संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषका तर्फबाट प्रतिनिधित्व गर्ने अर्जुन कुमार गौतमको स्थानमा भरत राज वस्तीलाई नियुक्त गरिएको छ। सञ्चय कोषले अर्जुन कुमार गौतमको स्थानमा भरत राज वस्तीलाई मनोनित गरी पठाएकाले बैंकको सञ्चालक समितिको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकबाट वस्तीलाई सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ।