नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न इन्फिनिटी लघुवित्तलाई राष्ट्र बैंकद्वारा सैद्धान्तिक सहमति प्रदान

2021-05-30
नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न इन्फिनिटी लघुवित्तलाई राष्ट्र बैंकद्वारा सैद्धान्तिक सहमति प्रदान

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त संस्थालाई  गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । संस्थाले कास्कीको पोखरा महानगरपालिका–१८ बिन्ध्यावासिनीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त संस्थालाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट  सैद्धान्तिक सहमति प्राप्त गरेको हो । 

दुवै संस्थाका सञ्चालक समितिबाट प्रारम्भिक सम्झौतालाई अनुमोदन गरी राष्ट्र बैंकमा सैद्धान्तिक सहमति प्राप्त गर्न निवेदन पेस गरिएकामा राष्ट्र बैंकबाट २०७८ जेठ ११ गते सैद्धान्तिक सहमतिपत्र प्राप्त भएको हो ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले हाल २९ जिल्लामा ५९ वटा शाखा कार्यालयमार्फत ५१ हजारभन्दा बढी सदस्यलाई सेवा पु¥याउँदै आएको छ । हाल संस्थाको ३ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ भने ८७ करोड निक्षेप छ ।


Share this with your friends: