काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी म्यानेजरलाई दिएको टार्गेट फिर्ता लिने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको असार ९ गते बसेको बैठकले गत जेठ १ गतेदेखि निर्धारण गरिएको टार्गेट फिर्ता लिने निर्णय गरेको हो ।
यसअघि कम्पनीले एजेन्सी म्यानेजरहरुलाई बीमा व्यवसाय वृद्धि गर्न टार्गेट निर्धारण गरेको थियो । कम्पनीले २०७८ वैशाख मसान्तसम्म रिन्यु÷अपोइन्ट भईसकेका एजेन्सी म्यानेजरहरुलाई असार मसान्तसम्मका लागि मात्रै यसअघिको व्यवस्था लागूहुने जनाएको थियो । तर २०७८ वैशाख मसान्तसम्म रिन्यु÷अपोइन्ट नभएका वा हुन नसकेका एजेन्सी म्यानेजरहरुलाई निर्धारित व्यवस्थाअनुसार व्यवसाय भित्रएमा मात्रै रिन्यु÷अपोइन्ट हुने जनाएको थियो । कम्पनीको यो निर्णयको बीमा अभिकर्ताहरुद्वारा चर्को विरोध भएको थियो । कोरोना महामारीको असहज अवस्थामा कम्पनीले निर्धारण गरेको टार्गेट अव्यवहारिक र हासिल गर्न कठिन हुने भन्दै चर्को विरोध भएपछि कम्पनी आफ्नो निर्णयबाट पछि हटेको हो ।