काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले मृतक बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको रकम प्रदान गरेको हो ।
कम्पनीले धनगढी सरोज मेडिकल हलकी सावित्री साहुको परिवारलाई ४३ लाख ७७ हजार ५५ रुपैयाँ मृत्यु दाबी भुक्तानी प्रदान गरेको हो ।
साहुको कोरोनाका कारण गत वैशाख २८ गते निधन भएको थियो । उनको परिवारलाई कम्पनीले घरमै गएर कागजात पेस भएको १० दिनमा उक्त बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।
उक्त बीमा रकम क्षेत्रिय प्रमुख शैलेश कुमार श्रेष्ठ, शाखा प्रमुख धिरेन्द्र डागी, शाखा समिती अध्यक्ष धर्मानन्द पन्त, वरिष्ठ एजेन्सी मीन बहादुर कुवरले बिमितका श्रीमान कमल सिंह साहुलाई रकम हस्तान्तरण गरेका हुन् ।