काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैदिन चार वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखा कार्यालय एकै दिन चार मृत्यु बीमा दाबी भुक्तानी गरेको हो।
कम्पनीले कोरोना संक्रमणका कारण मृत्यु भएका रत्न बहादुर शाही, भद्र बहादुर वली अर्जुन कुमार अधिकारी, युवराज घिमिरेका परिवारलाई एकैदिन मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले रत्न बहादुर शाहीको परिवारलाई ३ लाख ४७ हजार ५ सय, भद्र व.वलीको परिवारलाई ५ लाख ३२ हजार ५ सय, अजुर्न कुमार अधिकारीको परिवारलाई ६ लाख ९५ हजार, र युवराज घिमिरेका परिवारलाई मृत्यु दाबी स्वरुप १ लाख ८३ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको थियो ।