काठमाण्डौ । नेपाल एसबिआई बैंकले वीर अस्पताललाई चिकित्सकीय उपकरण हस्तान्तरण गरेको छ । बैंकले आफ्नो २८ औँ वार्षिक उत्सवका अवसरमा अस्पताललाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चिकित्सकीय उपकरण हस्तान्तरण गरेको हो ।
उपकरण हस्तान्तरण कार्यक्रम वीर अस्पतालमा आयोजना भएको थियो । उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले वीर अस्पताल कोभिड एकीकृत केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा जागेश्वर गौतमलाई हस्तान्तरण गरेका हुन्।
उक्त समारोहमा वीर अस्पतालका उपनिर्देशक डा आशिष ढुंगानाका साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार श्री छपिराज पन्त तथा अस्पताल र बैंकका अन्य कर्मचारीको उपस्थिति रहेको थियो।