नेपाल लाइफको १ करोड कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत

2021-07-11
नेपाल लाइफको १ करोड कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ३१ प्रतिशत बोनस सेयर अर्थात १ करोड ७० लाख ३८ हजार ०९८.५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्तापूँजीको ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस गरि कुल ५१ प्रतिशत लाभांस वितरण गरेको थियो । कम्पनीद्वारा वितरित उक्त बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । 


Share this with your friends: