नेपाल एग्रो लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2021-07-26
नेपाल एग्रो लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा वितरित बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ ।

संस्थाको गत असार २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो । 
उक्त बोनस सेयर साउन ५ गते सूचीकरण भई साउन ८ गतेसम्म जम्मा गरिसकिएको संस्थाले जनाएको छ । 

संस्थाको सेयर रजिष्ट्रारको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । 


Share this with your friends: