नेपाल लाइफको नाममा अनाधिकृत रुपमा फेसबुक अकाउन्ट, पेज तथा गुप्र बनाउने लाई कारबाहीको चेतावनी

2021-07-29
नेपाल लाइफको नाममा अनाधिकृत रुपमा फेसबुक अकाउन्ट, पेज तथा गुप्र बनाउने लाई कारबाहीको चेतावनी

शकाठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको नाममा विभिन्न फेसबुक अकाउन्ट, पेज तथा गुप्र बनाई अनाधिकृत रुपमा विज्ञापन तथा आवश्यकता शीर्षकमा पोष्टहरु प्रसारण गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

कम्पनीले एक सूचना जारी गर्दै नाममा विभिन्न फेसबुक अकाउन्ट, पेज तथा गुप्र बनाई अनाधिकृत रुपमा विज्ञापन तथा आवश्यकता शीर्षकमा पोष्टहरु प्रसारण गरेकोप्रति आफ्नो प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै कारबाहीको चेतावनी दिएको हो । 

कम्पनीले यस्ता अनाधिकृत क्रियाकलापहरु तुरुन्त बन्द गर्न निर्देशनात्मक आग्रह गरेको छ । 

कम्पनीको पूर्व स्वीकृती बिना यस प्रकारका कार्यहरु गर्न/नगराउन र यस्ता कार्यहरु गरे/गराएमा कानुन बमोजिम कारवाहि हुने कम्पनीले कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

यसका साथै कम्पनीले आफ्ना ग्राहकहरुलाई नेपाल लाइफको आधिकारीक पेज तथा वेभसाइटबाट कम्पनीका सूचना, विज्ञापनहरु नियमित प्रसारण प्रकाशन हुने जानकारी दिएको छ ।   


Share this with your friends: