काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेको छ । प्राप्तिका लागि राष्ट्र बैंकले गत साउन १५ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।
दुवै संस्थाको गत असार २१ गते छुट्टा छुट्टै बसेको साधारण सभाले १ः ०९८ शेयर स्वाप रेशियोमा प्राप्तिको विशेष प्रस्ताव पारित गरेका थिए ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले हाल २९ जिल्लामा ५९ वटा शाखा कार्यालयमार्फत ५१ हजारभन्दा बढी सदस्यलाई सेवा पु¥याउँदै आएको छ । हाल संस्थाको ३ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ भने ८७ करोड निक्षेप छ ।