नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन आग्रह

2021-08-13
नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न साधारण सभाबाट पारित भएका ५ वर्ष पुरानो लाभांस सेयरधनीहरु लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो । 

बैंकले लाभांस पूर्जा लिएर पनि लाभांस रकम सटही नगरेका सेयरधनीहरुलाई सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र लाजिम्पाटमा रहेको बैंकको सेयर रजिष्ट्रार एनआईबीएल एस क्यापिटल लिमिटेडमा आवश्यक कागजात सहित सम्पर्क गरी लिन बाँकी रहेको लाभांस रकम बुझिलिन आग्रह गरेको हो । यदि उक्त मितिभित्र पनि लाभांस रकम बुझिलिन नआएमा बाँकी रहन गएको लाभांस रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।  


Share this with your friends: