नेपाल फाइनान्सद्वारा वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-08-15
नेपाल फाइनान्सद्वारा वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ २६ गते शनिबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा वेभिनारमार्फत बिहान ११ बजे गर्ने निर्णय गरेको हो । 
उक्त सभामा संस्थाले ललितपुर फाइनान्सलाई प्राप्ति गरी कायम भएको चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ४ सय रुपैयाँबाट वृद्धि गरी ८३ करोड ८९ लाख ४३ हजार ८८० पुर्याउन १०.७० अनुपातमा हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै संस्थाले अन्य कुने बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने समग्र वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ । 

साविकको ललितपुर फाइनान्सको आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहितको उल्लेखित आर्थिक वर्षहरुको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ । 
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी भदौ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: