काठमाण्डौ । नेपाल एसबिआई बैंकले नेपाल चार्टर्ड अकाउन्टेन्टस् संस्था (आईक्यान) द्वारा प्रदान गरिने बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० पुरस्कार पाएको छ । आईक्यानद्वारा प्रदान गरिने यो पुरस्कारमा नेपाल एसबिआई बैंक दोस्रो भएको हो।
उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत आईक्यानले बैंकलाई प्रदान गरेको हो। होटेल ¥याडिसनमा आयोजित एक कार्यक्रममा आईक्यानका अध्यक्ष सीए मदनकृष्ण शर्माले नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृ तमोहम्मद रिजवान आलमलाई प्रदान गरेका थिए।
नेपाल एसबिआइ बैंकले ८८ शाखा, १९ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय ६ शाखारहित बैंकिङ सेवा तथा १ कर्पोरेट अफिस गरी १२१ आउटलेटहरुका साथै १२२ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।