काठमाण्डौ। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्नसक्ने भएका छन्।
नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक फोकसवान पेमेन्ट सोलुसनले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ आजबाट सुरु गरेको छ। फोकसवानकै सहकार्यमा नेपाल इन्भेस्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब यो मोको एपबाट भृुक्तानी गर्न सक्ने भएका हुन्।
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपमा आफ्नो डेबिट वा क्रेडिट कार्डहरु लिंक गरी खरिद तथा विभिन्न सेवाहरुको जस्तै– टेलिकम टप अप, इन्टरनेट र बिजुली बिल भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन्। यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटकपटक ब्यालेन्स लोड गरिरहन पर्दैन। हरेक समय ‘मोको’ प्रयोगकर्ताले लेनदेनको समयमा अपलोड गरिएको भिसा कार्डबीच कुनै पनि कार्ड छनौट गर्न सक्छन्।
मोको प्रयोगकर्ताले किनमेलको समयमा एपमा अपलोड गरिएको कुनै पनि भिसा कार्ड भुक्तानीका लागि छनौट गर्न सक्छन्। अन्तरक्रिय सिस्टमयुक्त मोको धेरै बैंक कार्डहरुका लागि एकल डिजिटल एक एकल वालेटका रूपमा कार्य गर्दछ।