नेपाल फाइनान्सले ७०% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

2021-09-30
नेपाल फाइनान्सले ७०% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ। 

कम्पनीले हाल कायम चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा हकप्रद निष्कासनको तयारी गरेको हो। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ। 

यसैबीच नेपाल फाइनान्सले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

यससम्बन्धी नेपाल फाइनान्स र प्रभु क्यापिटलबीच सम्झौता भएको छ। 

सम्झौतापत्रमा नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। 


Share this with your friends: